The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

भिक्टोरियामा आइतबार ‘न्याभ एक्सिलेन्स रिकगनिसन एण्ड अवार्ड्स नाइट – २०१८’
अस्ट्रेलियाको भिक्टोरियामा ‘न्याभ एक्सिलेन्स रिकगनिसन एण्ड अवार्ड्स नाइट – २०१८’ हुने भएको छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को आयोजनामा कार्यक्रम हुने भएको हो । कार्यक्रम आयोजनाको लागि न्याभसंग भिक्टोरिया स्थित महावाणिज्यदूतको कायर्लय, एनआरएनए अस्ट्रेलियाको एससिसि भिक्टोरिया, याराले सहकार्य गरेका छन् ।
न्याभले भिक्टोरियामा रहेको नेपाली समुदायलाई अगाडी बढाउनको लागि र अस्ट्रेलियामा नेपालीहरुको जीवनमा सहजता ल्याउनको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । भिक्टोरियामा रहेको नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनको लागि यसको विशेष योगदान रहेको छ । न्याभले नेपालीलाई विभिन्न क्षेत्रमा अगाडी बढ्नको लागि प्रोत्साहन गर्ने गर्छ । अवार्ड्स नाइट पनि नेपालीलाई प्रोत्साहन गर्नको लागि आयोजना गरिएको कार्यक्रम हो ।
हरेक दुई वर्षमा आयोजना हुने यस कार्यक्रममा नेपाली समुदाय मध्येबाट विभिन्न क्षेत्रमा उपलब्धि हासिल गरेका व्यक्ति र नेपाली समुदायलाई सहयोग गरेका विदेशी व्यक्तिलाई अवार्ड तथा सम्मान प्रदान गर्ने गरिन्छ ।
कार्यक्रम आइतबार बेलुका ६ बजे देखि ९ बजे सम्म Collinghood Townhall, 140 Hoddle St, Abbotsford VIC 3067 मा हुनेछ । कार्यक्रममा सहभागी हुनको लागि टिकट लिनुपर्नेछ, जसको लागि दिइएको यस लिंकमा क्लिक गरेर , टिकट लिन सकिनेछ :
https://www.tickettailor.com/events/nepaleseassociationofvictoria/175364/#