The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

आफूलाई क्यान्सर भएको भन्दै झुट बोलेर Donation बटुलेकी Adelaide की महिलालाई जेल सजाय
आफूलाई क्यान्सर भएको भन्दै झुट बोलेर Donation बटुलेकी Adelaide की एक महिलालाई अदालतले जेल सजाय सुनाएको छ । Kelly Val Smith नाम गरेकी ती महिलाले आफूलाई Ovarian Cancer भएको र छोराको heart operation गर्नुपर्ने भएको भन्दै आफ्ना आफन्त, परिवार र साथीहरुसंग Donation मागेकी थिइन् । सबै व्यक्ति नजिकको सम्बन्धका भएकोले सबैले Donation दिएका थिए ।
४० वर्षिया स्मिथले त्यो donation को रकम महंगा सामान, सम्पत्ति खरिद गर्न प्रयोग गरेकी थिइन् । उनलाई कुनै रोग नै लागेको थिएन ।
अदालतमा उनले आफूले गरेको काम प्रति पछुतो भएको बताउंदै माफी मागेकी छिन् । उनीबाट पीडित भएकाहरुले भने उनले देखावटी माफी मागेको, उनलाई कुनै पश्चाताप नरहेको बताइरहेका छन् ।
अदालतले उनलाई ४ वर्ष १९ दिनको जेल सजाय सुनाएको छ ।
source : au.news.yahoo.com