The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

पर्थमा निधन भएका बालकको उपचारको बिल भुक्तानीको लागि सहयोग अपिल
अस्ट्रेलियाको पर्थमा उपचारको क्रममा साढे तीन वर्षीय एक बालकको निधन भएको छ । बालक निहित सिवाकोटीको २०१८ अक्टोबर 8 मा निधन भएको हो ।
निहित सिवाकोटीका बुवा आमा अस्ट्रेलियामा Temporary Visa मा हुनुहुन्छ । निहित बिरामी भएपछि विगत ९ महिना देखि उनलाई अस्पतालमा भर्ना गरेर उपचार चलिरहेको थियो । सक्दो प्रयास गर्दा पनि निहितलाई बचाउन नसकेपछि छोरा गुमाउनुको चोट र अस्पतालको दुई लाख डलर भन्दा बढीको बिलले सिवाकोटी परिवार यतिबेला पीडामा छ।
नेपलीज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया ( NAWA ) ले सिवाकोटी परिवारको त्यो पीडामा मल्हम लगाउनको लागि सम्पूर्ण नेपाली समुदायसंग अनुरोध गरेको छ । सबै नेपालीहरुले आफूले सक्दो रकम सहयोग गरेमा निहितको उपचारको दुई लाख डलर भन्दा बढीको बिल भुक्तानी गर्न सहज हुनेछ । सहयोग गर्नेहरु सबैको नाम लिस्ट NAWA को वेवसाइटमा राखिने NAWA ले जनाएको छ।
सहयोगको लागि
NAWA Charity Account
BSB: 302162
Account: 0724545
Ref: Help Nihit
For more information Click > > निहित सिवाकोटी राहत कोष
( मणी पनेरु तथा नेपलीज एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया ( NAWA ) संग गरिएको कुराकानीमा आधारित । )