The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा बल्छी ध्रुवे र राजु मास्टरको प्रस्तुति सहितको गाइजात्रा महोत्सव, नि :शुल्क प्रवेशको व्यवस्था
नेपाली पर्व गाइजात्रा अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि मनाउने मौका पाउने भएका छन् ।
नेपाली पर्व जनैपूर्णिमा र गाइजात्राको अवसरमा गोरखा समाज अस्ट्रेलिया र नेपाली हिन्दु समाज अस्ट्रेलियाको सहकार्यमा गाईजात्रा तथा जनैपूर्णिमा महोत्सव २०१८ हुनेभएको छ । महोत्सव मल्टी डायनामिक रियल स्टेटले मूख्य प्रायोजन गरेको छ ।
नेपाली हाँस्यटेलिचलचित्र ‘मेरी बास्सै’ बाट दर्शकको मन जितिरहेका हाँस्यकलाकारहरु बल्छी ध्रुवे अर्थात मरिचमान श्रेष्ठ र राजु मास्टर अर्थात् राजु पौडेलले अस्ट्रेलियामा हुने उक्त गाइजात्रा महोत्सवमा आफ्नो प्रस्तुति दिनेछन् । महोत्सवमा नेपालकै गाइजात्रा महोत्सवको झल्को दिने गरि लाखे नाच पनि हुनेछ । यी बाहेक महोत्सवमा झाँकी नाच, टाकटुके नाच, विभिन्न सांकृतिक प्रस्तुती र साथमा नेपाली खाना पनि रहने आयोजकले बताएका छन् ।
महोत्सवमा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । परिवार सहित सहभागी भएर रमाइलो गर्न सकिने गाईजात्रा तथा जनैपूर्णिमा महोत्सवमा बालबालिकाहरुका लागि मनोरन्जनात्मक स्टलहरु समेत रहनेछन् । महोत्सव अगस्ट २६ , आइतबारका दिन बिहान १० बजे देखि बेलुका ५ बजेसम्म सिड्नी स्थित Tempe Recreational Reserve , Holbeach Ave , Tempe मा हुनेछ ।
यस महोत्सवमा सहभागी भई नेपाली आत्मीयता, संस्कृतिको साथमा महोत्सव सफल पारिदिनको लागि आयोजकले सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन् । आयोजकले यस महोत्सवलाई आगामी वर्षहरुमा निरन्तरता दिने समेत बताएका छन् ।