The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा अभिनेता प्रदीप खड्का, मेलबर्नमा हुँदैछ लिलीबिली शो
नेपाली चलचित्रका क्षेत्रका पछिल्लो समयका लोकप्रिय अभिनेता प्रदीप खड्का यतिबेला अस्ट्रेलियामा छन् । यतिबेला उनी अस्ट्रेलियामा रहेका आफ्ना प्रशंसकहरुसंग साक्षात्कार गर्दै विभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् । शनिबार आफ्ना फ्यानहरुसंग भेटघाटको लागि फेडेरेसन स्क्वायर पुगेका उनी आज आइतबार ट्रिप टु माउन्ट बुलेर कार्यक्रममा आफ्ना फ्यानहरुसंगै दिन बिताउँदै छन् ।
प्रदीप खड्का र अस्ट्रेलियाको मेलबर्नमा रहेका उनका फ्यानहरुबीच भेटघाट गराउने कार्यक्रम गरिरहेको बिएमडब्लु एजुकेशनले प्रदीप खड्काको पछिल्लो चलचित्र ‘लिलिबिली’ को प्रदर्शन कार्यक्रम समेत आयोजना गरेको छ । लिलिबिली शो कार्यक्रमको लागि बिएमडब्लु एजुकेशनसंग सेभेन इपिक इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।
लिलीबिली शो मा प्रदीप खड्का रेड कार्पेटमा देखिनेछन् भने सहभागीहरुले उनीसंग तस्बिर लिने मौका समेत पाउनेछन् । लिलीबिली सो आगामी अगस्ट ४ , शनिबारका दिन Cinema Nova , 380 Lygon Street, Carlton, Victoria मा हुनेछ । शो दिउँसोको ठीक ४ बजे देखि सुरु हुने आयोजकले बताएका छन् । उक्त शो को टिकट शुल्क २० डलर रहेको छ ।
बिएमडब्लु एक्जुकेशन कन्सल्टेन्सीले विद्यार्थीहरुको लागि भरपर्दो सल्लाहकारको भूमिका निभाउँदै नयाँ विद्यार्थीहरुको लागि फ्री पिक-अप सेवा, फ्री बरिस्ट ट्रेनिंग, नेपाली पुस्तकहरु सहितको लाइब्रेरी आदि कार्यक्रमहरु संचालन गर्दै आएको छ ।