The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

रिजनल क्षेत्र तर्फ आकर्षित गर्नको लागि १० हजार डलर अनुदान योजना
न्यु साउथ व्ह्लेसको रिजनल क्षेत्रमा आकर्षित गर्नको लागि न्यु साउथ व्ह्लेस राज्य सरकारले १० हजार डलर अनुदान योजना ल्याएको छ ।
सिड्नीको जनसंख्यामा तिव्र वृद्धि भएर महंगी पनि बढेको छ भने रिजनल क्षेत्रमा स्रोत र साधनको पर्याप्त उपयोग भइरहेको छैन र जनसंख्या पनि कम छ । जनसंख्यामा सन्तुलन ल्याउनको साथै रिजनल क्षेत्रमा लगानी बढाउनको लागि यो योजना ल्याएको बताइएको छ।
यो अनुदान व्यवसायीहरुलाई दिइने छ । न्यु साउथ व्ह्लेसको रिजनल क्षेत्रमा सरेर त्यहाँ अगाडी बढ्ने व्यवसायीलाई अनुदान दिइने बताइएको छ । अनुदान वापत व्यवसायीले एक कामदार बराबर १० हजार डलर र इन्ट्रेस्ट – फ्री लोनको सुविधा समेत पाउनेछन् । Source : SBS News