नेपाल आइडलको पहिलो सिजनमा उत्कृष्ट तीनमा आउन सफल भएका प्रताप दास अस्ट्रेलिया आउने भएका छन् । उनी दशैं विशेष कार्यक्रमको लागि अस्ट्रेलिया आउने भएका हुन् ।
अस्ट्रेलियाको सिड्नीमा दशैं रमझम २०१८ को आयोजना हुने भएको छ । असनेप इभेन्ट्स र यस स्टडी अस्ट्रेलियाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना भएको हो ।
डिजे नाइट, लाइभ म्युजिक सहितको उक्त कार्यक्रममा १८ वर्ष उमेर भन्दा माथीकाले मात्र प्रवेश पाउनेछन् । कार्यक्रम आगामी अक्टोबर ५ मा शार्क होटल १२७ लिभरपुल स्ट्रीटमा हुनेछ ।
दशैं रमझम कार्यक्रममा प्रताप दास संगै प्रीति आले र हर्कुलसले पनि आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् । कार्यक्रम बेलुकाको ८ बजे देखि सुरु हुनेछ । कार्यक्रममा सहभागी हुनको लागि टिकट बुकिङ्गको लागि २५ डलर शुल्क लाग्नेछ भने कार्यक्रममै टिकट लिनेहरुका लागि ३० डलर शुल्क लाग्नेछ ।