Ausmandu
Connecting Nepal And Australia.

नेपालको आर्थिक समृद्धिको लागि अस्ट्रेलियामा ‘नेपाल अस्ट्रेलिया बिजनेस फोरम’

नेपालको आर्थिक समृद्धि अभियानमा सहयोग पुर्याउने उद्देश्यले अस्ट्रेलियामा ‘नेपाल अस्ट्रेलिया बिजनेस फोरम २०१८’ हुने भएको छ । अस्ट्रेलियाको क्यानबेरा स्थित नेपाली दुतावास र भिक्टोरियामा रहेको महावाणिज्यदुतको कार्यालयद्वारा संयुक्त रुपमा कार्यक्रमको आयॉजन गरिएको हो । कार्यक्रममा ‘नेपाल अस्ट्रेलिया बिजनेस फोरम’ संगै ‘नेपाल बिजनेस प्रोमोसन नाइट ‘ समेत हुनेछ ।

आयोजकका अनुसार, नेपाल र अस्ट्रेलिया बीच व्यपार र लगानी बढाउंदै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायीहरु उपस्थित हुनेछन् भने नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेत आउनेछन् ।

त्यस्तै, उक्त कार्यक्रममा भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, जेनिस्लेटिभ काउन्सिलका सभापति ब्रुस अटकिन्सन, वैदेशिक सम्बन्ध हेर्ने डीफ्याटकी निर्देशक फियोना म्यकग्रो सहित सय भन्दा बढी अस्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी हुनेछन् ।

Related Posts

राजदुत लक्की शेर्पाले कार्यक्रममा नेपालमा लगानीको अवसर, व्यापार सम्भावना र दुई देशको समृद्धि तथा सम्बन्धको चर्चा गरिने बताउंदै अस्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुले नेपालमा संयुक्त लगानी गर्न चाहेमा आफूहरु संयोजक बस्न तयार रहेको समेत जानकारी दिएकी छिन् ।

आगामी जुन ३० शनिबारका दिन 215 Bell St , Preston , VIC 3072 स्थित मन्त्र बेल सिटि होटलमा हुनेछ ।

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept