The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

मेलबर्नमा यही आइतबार देखि बिएमडब्लु कप शुरु हुने, विजेता टिमलाई दुई हजार डलर पुरस्कार
मेलबर्नमा आगामी सेप्टेम्बर ९ , आइतबार देखि बिएमडब्लु कप हुनेभएको छ । बिएमडब्लु एजुकेशन कन्सल्टेन्सी, रोयल राइनोज क्रिकेट क्लब र भिक्टोरियन नेप्लिज क्रिकेट एसोसिएसनको सहकार्यमा टुर्नामेन्ट आयोजना भएको हो ।
आयोजकका अनुसार, उक्त प्रतियोगितामा रोयल राईनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, द हिमालय क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब, गोर्खाली क्रिकेट क्लब, नारे किङ्स क्रिकेट क्लब, मेलबर्न साईक्लोन क्रिकेट क्लब गरि सात क्लबको सहभागिता रहने पक्का भएको छ । विजेता टिमको लागि नगद दुई हजार डलर पुरस्कार राशी राखिएको छ ।
प्रतियोगिता हप्ताको हरेक आइतबार मात्र हुने भएकोले बिएमडब्लु कप करिब डेढ महिनासम्म चल्ने बताइएको छ । हरेक हप्ता तीन वटा खेल हुनेछन्।