The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाको न्युनतम तलबमा जुलाई महिना देखि वृद्धि हुने
अस्ट्रेलियाको न्युनतम तलबमा आगामी जुलाई महिना देखि वृद्धि हुने भएको छ । अस्ट्रेलियाको फेयरवर्क कमिसनले ३.५ प्रतिशतले न्युनतम तलब बढाउने निर्णय गरेको हो ।
हाल एक हप्ताको न्युनतम तलब ६९४.९० डलर छ भने अब यसमा ३.५ प्रतिशतले वृद्धि भइ आगामी जुलाई महिना देखि न्युनतम तलब ७१९.२० डलर हुनेछ । यस हिसाबले , प्रतिघण्टाको न्युनतम तलब १८.२९ डलर बाट १८.९३ डलर हुनेछ ।
कामदारको हितमा काम गर्ने संघसंस्थाहरुले न्युनतम तलब एक हप्तामा ५० डलर बढाउन माग गरेको थिए। त्यस्तै, कम्पनी मालिकहरुले १३ डलर मात्र बढाउन अनुरोध गरेका थिए।
यो वृद्धि संगै अस्ट्रेलियाको न्युनतम तलबको रियल भ्यालुमा पछिल्लो दश वर्षमा ५.८ प्रतिशतले वृद्धि भएको छ भने पछिल्लो पांच वर्षमा ४.३ प्रतिशतले वृद्धि भएको छ ।