The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

विद्यार्थीको लागि मेलबर्न र सिड्नी अस्ट्रेलियाका सबैभन्दा उपयुक्त सहर
मेलबर्न र सिड्नी सहर तपाईंलाई विद्यार्थीको लागि कत्तिको ठीक छन् जस्तो लाग्छ ? महंगी, काम पाउने सम्भावना, जीवनशैली, वातावरण आदिको आधारमा यी दुई सहर विद्यार्थीको लागि विश्वकै उत्कृष्ट सहर मध्येमा परेका छन् ।
QS Best Student Cities मा सार्वजनिक भएको सूचीमा मेलबर्न विश्वकै उत्कृष्ट सहरमा तेस्रो नम्बरमा आएको छ भने सिड्नी नवौं स्थानमा आएको छ । उक्त सूचीको पहिलो नम्बरमा लन्डन सहर र दोस्रो नम्बरमा जापानको टोकियो सहर आएका छन् ।
उक्त सूची अनुसार मेलबर्न विद्यार्थीको लागि अस्ट्रेलियाकै सबैभन्दा बढी उपयुक्त सहर हो भने सिड्नी सहर विद्यार्थीहरुका लागि दोस्रो उपयुक्त सहर हो ।
उक्त सूची अनुसार, विद्यार्थीको लागि उपयुक्त अस्ट्रेलियाका उत्कृष्ट सहरहरुको सूची :
१. मेलबर्न
२. सिड्नी
३. ब्रिसबेन
४. क्यानबेरा
५. पर्थ
६. एडलेड
७. गोल्ड कोस्ट