The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा कम खपत हुन थाल्यो रक्सी, माइग्रेसन प्रमुख कारण
अस्ट्रेलियामा बसाई सराई गरि आउनेहरुका कारण रक्सिको खपत कम हुँदै गएको तथ्यांक सार्वजनिक भएको छ ।
अस्ट्रेलियामा पचास वर्ष भन्दा अगाडी अत्यधिक रक्सि पिउने मानिसहरु भएको र अत्यधिक रक्सि खपत भएको तथ्याङ्क सार्वजनिक भएको थियो । अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्सले सार्वजनिक गरेको तथ्याङ्कमा २०१६ / १०१७ मा पचास वर्ष देखिकै सबैभन्दा कम रक्सि पीइएको देखिएको छ ।
ब्युरोका अधिकारिहरुले यसको एउटा प्रमुख कारण अन्य देशबाट बसाई सराई गरि आउनेहरुको संख्यामा भएको वृद्धिलाई लिएका छन् । विभिन्न संस्कृति र पृष्ठभूमिका मानिसहरु बढ्दै गएकोले अस्ट्रेलियाको अत्यधिक रक्सि पिउने पूरानो चलन विस्तारै कम हुँदै गएको छ ।
२०१६ / १७ मा १ सय ८६ मिलियन लिटर रक्सि खपत भएको छ, जस अनुसार २०१६ देखि २०१७ को अवधिमा अस्ट्रेलियामा भएको एक व्यक्तिले ९.४ लिटर रक्सि पिएको छ ।
हाल सार्वजनिक भएको तथ्यांकमा अहिलेका युवाहरुले पहिलेका युवाले भन्दा कम रक्सि पिएका छन् । सन् २०११ देखि भने बियर पिउनेहरुको संख्या घट्दै गएको र अरु वाइन तथा रक्सि पिउनेको संख्या बढ्दै गएको देखिएको छ ।
source : SBS News