The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा रोजगारी बढ्ने, यस्तो छ रिपोर्ट
अस्ट्रेलियाको जागिर तथा साना व्यवसाय शाखा ( Department of Jobs and Small Business ) ले अस्ट्रेलियामा आगामी पाँच वर्षमा रोजगारीको वृद्धि हुने क्षेत्रको सूची सार्वजनिक गरेको छ ।
उक्त सूची अनुसार, २०२३ सम्ममा अस्ट्रेलियामा ७.१ प्रतिशतले रोजगारीमा वृद्धि हुनेछ । त्यस्तै, स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी रोजगारीको वृद्धि हुनेछ भने कृषि क्षेत्रमा रोजगारी घट्नेछ ।
उक्त तथ्याङ्क अनुसार २०२३ सम्ममा यस्तो हुनेछ रोजगारीको वृद्धिदर :
हेल्थ केयर र सोसल असिस्टेंस > > १४.९ प्रतिशत
कन्स्ट्रक्सन > > १० प्रतिशत
एजुकेशन एण्ड ट्रेनिंग > > ११.२ प्रतिशत
प्रोफेसनल, साइन्टिफिक एण्ड टेक्निकल सर्भिस > > १०.२ प्रतिशत
एकेमोडेसन एण्ड फुड सर्भिस >> ९.१ प्रतिशत
आर्ट्स एण्ड रिक्रिएसन > > ८.७ प्रतिशत
आर्थिक वर्षको बजेटमा उल्लेख भएको रोजगारीको वृद्धिदर, लेबर फोर्स सर्भे आदि तथ्याङ्कको आधारमा यो तथ्यांक निकालिएको बताइएको छ ।
New #DATA release! Total #employment in #Aus is projected to increase by 886,100 over the five years to May 2023. That’s a healthy 7.1 percent! @ABSStats #AusJobs #HR @economist_chief @IndustryGovAu @COSBOA @BCAcomau @smeassn @Treasury_AU https://t.co/gmO1cx93tW pic.twitter.com/m44ijuWpKX
— Department of Jobs and Small Business (@JobsGovAU) August 17, 2018