The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाको मेलबर्नमा शनिबार तीज मेला ; विद्यार्थीलाई फ्री इन्ट्री
अस्ट्रेलियाको मेलबर्नमा आगामी अगस्ट १८ अर्थात शनिबारका दिन तीज मेला हुने भएको छ । विद्यार्थीहरुलाई अस्ट्रेलियाको भिसा, पढाइ तथा बसाईमा सहयोग गर्दै आएको कंडेल कन्सल्टेन्सी र मल्टि डायनामिक रियल स्टेट तथा भीडिए फाइनान्सको सहकार्यमा कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा विद्यार्थी, बालबालिका तथा वृद्ध अभिभावकको लागि फ्री इन्ट्रीको व्यवस्था गरिएको छ भने अन्य व्यक्तिको लागि टिकट शुल्क १० डलर रहेको छ । फ्री इन्ट्रीको लागि विद्यार्थीले आफ्नो परिचय पत्र लिएर जानुपर्नेछ ।
Estonian House , 43 Melville Road मा हुने उक्त तीज मेलामा नेपालका लोकप्रिय कलाकारहरु कोमल वली, खुमन अधिकारि, शान्ति श्री परियार लगायतको विशेष प्रस्तुती रहनेछ । यसको साथै कार्यक्रममा फ्री फोटो सुट समेत रहेको छ ।
