The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अष्ट्रेलियामा निम्न स्तरीय र मध्यम स्तरिय कमाइ गर्नेहरुलाई अब ट्याक्समा यस्तो छुट
अष्ट्रेलियावासीलाई यस वर्ष अर्थात २०१८ को बजेट घोषणाले केही राहत दिएको छ । सरकारले निम्न आम्दानी र मध्यम स्तरको आम्दानी गर्ने व्यक्तिहरुले तिर्नुपर्ने करमा केही छुट गरिदिएको छ ।
सरकारले आगामी निर्वाचनमा आफ्नो मत बढाउनको लागि केही मात्र कर कटौती गरेतापनि यसले अष्ट्रेलियावासीलाई केही राहत भने पक्कै हुनेछ ।
वार्षिक आम्दानी ३७ हजार डलर हुनेहरुले वर्षको २०० डलर कर छुट प्राप्त गरेका छन् । यसरि उनीहरुले २०१७/२०१८ देखि २०२१/२२ सम्ममा ८ सय डलर बचत गर्न सक्ने भएका छन् ।
वार्षिक आम्दानी ३७ हजार १ डलर देखि ४७ हजार ९ सय ९९ हुने व्यक्तिहरुले वर्षको २ सय डलर देखि ५०० डलर सम्म कर छुट पाउनेछन्।
वार्षिक आम्दानी ४८ हजार देखि ९० हजार डलर हुनेहरुले वर्षको ५३० डलर कर छुट पाउनेछन् ।
त्यस्तै, ९० हजार १ डलर देखि १ लाख २५ हजार ३ सय ३३ डलर वार्षिक आम्दानी हुनेहरुले वर्षको ५३० डलर कर छुट पाउने भएका छन् ।
विस्तृत जानकारीको लागि : 9 News